ताइपेईमा ब्रोडवे इन्फोसिसलाई अन्तर्राष्ट्रिय डिजिटल प्रतिभा विकास पुरस्कार

सोमबार, १६ भदौ २०८२

काठमाडौं : नेपालको अग्रणी कम्प्युटर तालिम संस्था ब्रोडवे इन्फोसिसले ताइवानको ताइपेईमा आयोजित समारोमा “अन्तर्राष्ट्रिय डिजिटल प्रतिभा विकास पुरस्कार” प्राप्त गरेको छ।

वर्ल्ड इन्नोभेशन, टेक्नोलोजी एण्ड सर्भिसेस एलायन्सले सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय योगदान दिएको भन्दै ब्रोडवे इन्फोसिसलाई सम्मानित गरेको हो। क्यान महासंघका पूर्वअध्यक्ष रञ्जित पोदारका अनुसार डिजिटल प्रतिभालाई नवीनता र सीप विकासमा विश्वस्तरको जनशक्ति बनाउन सहयोग पुर्‍याएको आधारमा यो पुरस्कार प्रदान गरिएको हो।

१३ क्याटेगोरीमा प्राप्त १३० उत्कृष्ट प्रस्तावमध्ये ब्रोडवे इन्फोसिसलाई छनोट गरिएको आयोजकले जनाएको छ।

प्रतिष्ठित पुरस्कार प्राप्त गर्दै ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले यसलाई नेपालको सूचना प्रविधि विकासमा कोसेढुंगा भएको टिप्पणी गरे। उनले भने, “हामीले प्रविधिको दुनियाँमा डिजिटल शिक्षा, सीप विकास र नवीनतालाई प्राथमिकता दिँदै विश्वस्तरको दक्ष जनशक्ति उत्पादनमा जोड दिइरहेका छौं।”

उनका अनुसार डिजिटल शिक्षामा गुणस्तरीय र उद्योगअनुकूल पाठ्यक्रम विकास, नेपाल बाहिर डिजिटल जनशक्तिको व्यवस्थापन तथा आगामी पुस्तालाई प्रविधिमैत्री बनाउने कार्यमा संस्थाले निरन्तर योगदान गर्दै जानेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार