झापा : झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित क्षेत्रमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।
भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेका अर्जुनधारा नगरपालिका–२ बस्ने २८ वर्षीय प्रकाश योङहाङलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट २ ग्राम ३२० मिलिग्राम प्रतिबन्धित लागुऔषध खैरो हेरोईन बरामद गरेको जनाएको छ।
हाल उनलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय काँकडभिट्टामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया