संघर्ष समितिले भने प्रदेशको नाम कोशी खारेज नगरेसम्म शव उठाउन नदिने बताउँदै आएका थिए । एक महिनापछि लाजेहाङको अन्त्येष्टि गर्न सहमति जुटेको थियो ।
लाजेहाङको अन्त्येष्टि गर्नुअघि धरानमा, इटहरी, विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र कोशी प्रदेशसभा परिक्रमा गराउने कार्यक्रम थियो ।
विराटनगरमा शवसहित प्रदर्शन गर्ने क्रममा क्रममा झडप भएको हो । झडपका क्रममा केही घाइते भएको बताइए पनि विस्तृतमा केही खुलाइएको छैन ।
प्रतिक्रिया