सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो, छ घरमा आंशिक क्षति

सोमबार, १६ भदौ २०८२

सल्लेरी : यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले आइतबार राति पाँच घर पूर्ण रुपमा बगाएको छभने छ घरमा आंशिक क्षति पु¥याएको छ ।

अविरल वर्षाका कारण बस्तीतर्फ मोडिएको बाढीले थामेस्थित बिजुलीको पोलमा क्षति भई विद्युत् प्रसारण र सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ । 

बाढीपीडितलाई सकुशल उद्धार गरी हाल अस्थायी बसोबासको व्यवस्था मिलाइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाका अनुसार गत वर्षको साउन ३२ गते थामे खोलामा आएको बाढीले जोखिममा पारेको घर नै बगाएको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा थामे क्षेत्रलगायत सम्पूर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरुमा सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।
 

राससको सहयोगमा

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार