धनगढी : टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा।लि।ले सुदूरपश्चिम प्रदेशलाई लक्षित गर्दै धनगढीस्थित बोराडाँडीमा नयाँ शोरूम उद्घाटन गरेको छ।
मंगलबार सम्पन्न उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङका सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेल र जी।ए।आर।एस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो। कार्यक्रममा स्थानीय समुदाय, व्यवसायी तथा ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नयाँ शोरूममार्फत सुदूरपश्चिमका ग्राहकले टाटा मोटर्सका विद्युतीय मोडलहरू — टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी — साथै टियागो, पञ्च, नेक्सन र सफारीजस्ता आईसीई मोडलहरू पनि सजिलै खरिद गर्न सक्नेछन्।
सिप्रदीले ग्राहकलाई आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो आफ्टर–सेल्स सेवा तथा ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
प्रबन्ध निर्देशक पाण्डेले “सुदूरपश्चिमका ग्राहकलाई टाटा मोटर्सका नवीनतम मोडलहरू नजिकबाट अनुभव गर्ने अवसर दिन पाउँदा गर्व महसुस भएको” बताउनुभयो। त्यसैगरी, सिनियर डिलर म्यानेजर ढुंगेलले धनगढी शोरूमको उद्घाटनसँगै टाटा मोटर्सको सेवा सुदूरपश्चिमसम्म विस्तार भएको र ग्राहकलाई अझ नजिकबाट सेवा दिन उत्साहित रहेको धारणा राखे ।
कार्यक्रममा शोरूममार्फत गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण समेत गरिएको थियो।
प्रतिक्रिया