त्रिशूली : नुवाकोटको तादी गाउँपालिका–२ मा खोलामा आएको भलबाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने तीन जना विद्यार्थी घाइते भएका छन्।
आज अपराह्न करिब ४ बजे चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलाको कल्भर्ट पार गर्ने क्रममा घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाका अनुसार, बालकक्षामा अध्ययनरत रामबहादुर तामाङकी चार वर्षीया छोरी शशिकला तामाङको घटनास्थलमै मृत्यु भएको छ। खोलाले उनलाई करिब १०० मिटर तल पुर्याएको तादी–२ का वडाअध्यक्ष बच्चुराम तामाङले जानकारी दिए।
साथै, खोलाले बगाउँदा अन्य तीन विद्यार्थी — जोयस तामाङ, ज्योति तामाङ र सुस्मा तामाङ घाइते भएका छन्। उनीहरूलाई स्थानीयले उद्दार गरी खरानीटार अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया