सुस्मा गोदावरीकी छात्रा श्रेयसी भट्टराईलाई ५ लाखको जीवन बीमा पुरस्कार

बुधबार, १८ भदौ २०८२

विराटनगर : विराटनगरमा सम्पन्न अन्तर कलेज वक्तृत्वकला प्रतियोगितामा सुस्मा गोदावरी कलेज (ईटहरी) की छात्रा श्रेयसी भट्टराई विजयी भएकी छन्।

लायन्स तथा लियो क्लब अफ विराटनगर यंग हर्टद्वारा मोरङ उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबार आयोजित प्रतियोगितामा सुनसरी र मोरङका १७ कलेजका २७ विद्यार्थीले “महंगी, बेरोजगारी र युवाको भविष्य” विषयमा प्रतिस्पर्धा गरेका थिए।

२६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पार्न सफल भट्टराईले नगद १० हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्रसहित गार्डियन माइक्रोलाइफतर्फबाट एक वर्षका लागि पाँच लाख रुपैयाँको म्यादी जीवन बीमा पाएकी छन्।

बीमा पॉलिसी गार्डियन माइक्रोलाइफका प्रदेश प्रमुख सरोज पौडेलले हस्तान्तरण गरेका थिए। यस अवसरमा गार्डियन माइक्रोलाइफ विराटनगर शाखा प्रमुख विमला पराजुलीले उत्कृष्ट कार्यक्रमहरूमा सहभागी प्रत्येक प्रतियोगीलाई कम्पनीले बीमा सुविधा उपलब्ध गराउँदै आएको बताइन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार