नेपाल टेलिकमको सीआरबीटी सेवा पुनः सुचारु

बुधबार, १८ भदौ २०८२
File Photo

काठमाडौं : नेपाल टेलिकमले प्राविधिक समस्या समाधानसँगै लामो समयदेखि अवरुद्ध रहेको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा पुनः सुचारु गरेको छ।

टेलिकमका अनुसार अब ग्राहकहरूले सीआरबीटी सेवा पहिलेझैँ प्रयोग गर्न सक्ने भएका छन्। कम्पनीले सेवामा आएको अवरोधका कारण ग्राहकलाई भएको असुविधाप्रति क्षमा माग्दै समस्या समाधान भएको जानकारी दिएको हो।

ग्राहकको माग र आवश्यकतालाई ध्यानमा राख्दै अविच्छिन्न र गुणस्तरीय सेवा उपलब्ध गराउन टेलिकम निरन्तर प्रतिबद्ध रहेको पनि जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार