एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस होटलबीच साझेदारी, ग्राहकलाई विशेष छुट

बुधबार, १८ भदौ २०८२

काठमाडौं : एनएमबि बैंकले आफ्ना ग्राहक र कर्मचारीका लागि विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ।

यस साझेदारीअन्तर्गत एनएमबि बैंकका कार्डवाहकहरूले होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। यसले बैंकका ग्राहक तथा कर्मचारीलाई बसाइ किफायती र सहज बनाउन सहयोग गर्ने बैंकले जनाएको छ।

त्यसैगरी, होटलभित्रका प्रख्यात रेस्टुरेन्टहरू सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा १० प्रतिशत छुटको सुविधा पाइनेछ। साथै, बेकरीका सम्पूर्ण सामानमा र होटलको स्विमिङ पुल प्रयोगमा समेत १० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार