काठमाडौं : राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) नेता बदन भण्डारीमाथि आक्रमण भएको छ ।
रास्वपा सार्वजनिक मामिला विभाग सचिवसमेत रहेका भण्डारीमाथि बुधबार राति करिब ८ बजेतिर आक्रमण भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार कपनस्थित पार्टी कार्यालयबाट घर जाने क्रममा उनीमाथि मोटरसाइकलमा आएका ३ जनाको अपरिचित समूहले रड प्रहार गरी आक्रमण गरेको हो ।
आक्रमणबाट भण्डारीको टाउको र खुट्टामा चोट लागेको छ । भण्डारीको टाउकोमा १० टाँका लगाइएको छ ।\
नेपाल राष्ट्रिय व्यवसायी महासंघका उपमहासचिवसमेत रहेका भण्डारीले केही समय अगाडिबाट फोनबाट धम्की दिने गरेको र कार्यालय वरिपरि आएर मेरोबारे सोधखोज गरिए सुचना प्राप्त भएको बताएका छन् ।
प्रतिक्रिया