झापामा घरमा आगलागी हुदाँ दुई लाख बराबरको क्षति

विहीबार, १९ भदौ २०८२
तस्बिर : फाइल

झापा । झापाको अर्जुनधारा नगरपालिका–१० पञ्चकन्याटोलमा आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बुधबार राति करिब ९ बजेर १५ मिनेटमा केदार ढुङ्गेलको तीनतले घरको भुईँतलामा रहेको टेलिभिजन कोठामा विद्युत् सर्ट भएर आगलागी भएको हो । 

आगलागीपछि स्थानीय प्रहरी टोली, बासिन्दा र मेचिनगर नगरपालिकाको दमकलको सहयोगमा करिब ९ बजेर ५० मिनेटमा पूर्ण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागीबाट कोठामा रहेको एउटा टेलिभिजन र एउटा दराज जलेर करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । घटनामा मानवीय वा चौपाय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार