नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान

विहीबार, १९ भदौ २०८२

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज एक विशेष समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

आईजीपी दीपक थापा बुधबारबाट अवकाशमा गएसँगै खापुङले आजबाट पदवहाली गर्नेछन् ।

खापुङ प्रहरीका ३२औं आईजीपी हुन् । भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १९ गतेदेखि लागू हुने गरी उनलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि सीआईबी प्रमुख रहेका खापुङ कुनै ठूलो विवादमा नपरेका प्रहरी अधिकारीमध्ये पर्छन् ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार