स्थापना दिवसमा बाल आश्रमलाई सामाग्री हस्तान्तरण

विहीबार, १९ भदौ २०८२

इलाम : नेपाल निजामती कर्मचारी युनियनले इलाम नगरपालिका ९ मा रहेको राहसल बाल अनाथ आश्रममा सामाग्री हस्तान्तरण गरेको छ । स्थापना दिवसको अवसरमा सामाग्री हस्तान्तरण गरिएको हो ।

खाद्यान्न लगायतका सामाग्री इलाम नगरपालिकाका प्रमुख केदार थापा, उपप्रमुख विष्णु लिम्बु दाहाल, युनियनका अध्यक्ष लीला बिस्ट लगायतले हस्तान्तरण गरेका थिए । बालबालिकाहरूको स्याहारमा सहयोग पुर्‍याउने उद्देश्यले सामाग्री वितरण गरिएको कर्मचारी युनियन इलाम अध्यक्ष लीला बिस्टले बताए ।

पछिल्लो समय बाल अनाथालय तथा वृद्धाश्रममा जन्मदिन, वैवाहिक वर्षगाँठ तथा स्थापना दिवस मनाउने चलन बढ्दै गएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार