राम्रो काम गर्ने प्रयास गर्नेछु: आईजीपी खापुङ

विहीबार, १९ भदौ २०८२

काठमाडौं — नेपाल प्रहरीका ३२औं नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफ्नो कार्यकालमा सकेसम्म राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गृह मन्त्रालयमा बिहीबार आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा आईजीपी खापुङले भने, ‘सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन। मेरा सीमितताप्रति जानकारी छ, तर राम्रो गर्ने प्रयास गर्नेछु। निर्विकल्प र निस्शर्त सुरक्षा सुनिश्चितता प्रहरीको लक्ष्य हो।’

खापुङले आफ्नो करियर तेह्रथुमबाट सुरु भएर प्रहरी महानिरीक्षकसम्म पुगेको स्मरण गराउँदै संगठनको हितका लागि काम गर्ने योजना बताएका छन्। उनले प्रविधि र साधन स्रोतले सम्पन्न आधुनिक प्रहरी बल निर्माण गर्न आवश्यक भएको पनि बताए।

उनको अभिव्यक्तिले आधुनिक र सक्षम प्रहरी बल निर्माणमा केन्द्रित दृष्टिकोणको संकेत दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार