निष्क्रिय गरिएका सामाजिक सञ्जाल सूचीकरण गराएमा खुल्छन् : सञ्चार मन्त्रालय

विहीबार, १९ भदौ २०८२

काठमाडौँ- सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय गराउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दे यस्तो निर्णय भएको जनाएको हो ।

‘सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले अदालत अवहेलनासम्बन्धी मुद्दामा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरू सञ्चालनपूर्व अनिवार्य सूचीकरण गर्नुपर्ने आदेश दिएपछि मन्त्रालयले यो कदम चालिएको हो’, मन्त्रालयले भनेको छ।

यसअघि मन्त्रिपरिषद्को गत भदौ ९ गतेको बैठकले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात दिनभित्र दर्ता वा सूचीकरण गर्न निर्देशन दिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार