इन्द्रजात्राका लागि वसन्तपुर क्षेत्रमा कुमारी, भैरव र गणेशको रथ निर्माण भइरहेको छ । रङ रोगन गरेर चिटिक्क पारिएको वसन्तपुर क्षेत्रमा अहिले रथ निर्माणको काम चलिरहेको हो । काठको रथका विभिन्न भागहरू फेर्नुपर्ने भएकाले त्यसको काम पनि अघि बढिरहेको छ । आज हनुमान ढोका अगाडि धर्मतः इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु भएको जात्रामा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।
प्रतिक्रिया