जनकपुर । मधेश प्रदेशमा भोली (शुक्रवार) सार्वजनिक बिदा दिइएको छ ।
मुस्लिम धर्मावलम्बिहरुले मनाउने मोहम्मद जयन्तीको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभरि बिदा दिएको छ ।
मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले एक सूचना जारी गर्दै भोली मधेश प्रदेश भरी सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् ।
२०८१ चैत्र २२ गत्तेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदा बमोजिम भोली (शुक्रवार) बिदा दिइएको सूचनामा उल्लेख रहेको छ ।
प्रदेश सरकार गठन भएदेखि मोहम्मद जयन्तीको दिन मधेश प्रदेशमा बिदा दिइँदै आइएको छ ।
प्रतिक्रिया