काठमाडौं : सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गर्न निर्देशन दिएपछि ‘हाम्रो पात्रो’ बन्द नहुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार ‘हाम्रो पात्रो’ सूचीकरण प्रक्रियामा प्रवेश गरिसकेको छ । उनले भने, “यो साइट ह्वाइट लिस्टमा गइसकेको छ, त्यसैले तत्काल बन्द हुँदैन ।”
बिहीबारको सरकारी निर्णयसँगै अन्य सामाजिक सञ्जालमाथि निगरानी बढाइएको छ ।
यता, फेसबुकको संस्थापक कम्पनी मेटाले पनि नेपालमा सूचीकरणका लागि चासो देखाएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया