‘लाजेहाङ’ को शव अन्त्येष्टिका लागि बेलबारी लगियो, विराटनगरको अवस्था सामान्य

शनिबार, ०९ बैशाख २०८०
विराटनगर । पहिचानवादी आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’को शव अन्त्येष्टिका लागि मोरङको बेलबारीतर्फ लगिएको छ । विराटनगरमा श्रद्धाञ्जली सभा गरेपछि शवलाई दाहसंस्कारका लागि ‘लाजेहाङ’ को घर रहेको स्थान बेलबारीतर्फ लगिएको हो । शव लैजानुअघि विराटनगरको महेन्द्र चोकमा शवसहित श्रद्धाञ्जलीसभा गरिएको थियो । सभालाई पहिचानवादी नेताहरुले सम्बोधन गरेका थिए । रोडशेष चोकमा गर्ने भनिएको श्रद्धाञ्जलीसभा स्थान परिवर्तन गरेर महेन्द्र चोकमा आयोजना गरिएको हो । सुरक्षाकर्मीसँग झडप भएपछि स्थान परिवर्तन गरेर लगभग १ किलोमिटर उत्तरमा रहेको महेन्द्र चोकमा सारिएको थियो । ‘ लाजेहाङ’को शवयात्राका क्रममा आन्दोलनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीसँग दोहोरो झडप भएको थियो । पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने र प्रदेशको नाम कोसी खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलित छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार