उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई पत्र दिने जिम्मा सभापति देउवालाई

आइतबार, २२ भदौ २०८२

काठमाण्डौ : नेपाली कांग्रेसले आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य रुपन्देही क्षेत्र नम्बर ३ र मनाङ प्रदेशसभा क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ।

आइतबार बुढानीलकण्ठस्थित सभापति देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्न सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ।”

त्यसैगरी, उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मेवारी मुख्यसचिव पौडेललाई दिइएको बैठकले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार