काठमाडौं : जेनजीको प्रदर्शन अशान्तपूर्ण भएपछि तत्कालै सबैलाई फर्किन आह्वान गरिएको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो ।
पेजमा लेखिएको सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भीडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ ।
आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’
यसअघि सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी संसद् भवन भित्र प्रवेश गरेका थिए । त्यसक्रममा जेनजी पुस्ता र प्रहरीबीच झडप भएको थियो। भीड नियन्त्रण लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको थियो।
सरकारले समयसीमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेनजी पुस्ताका युवाहरूको समूहले काठमाडौंको माइती घरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन्।
प्रतिक्रिया