चार दिन पनि टिकेन सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय

मंगलबार, २४ भदौ २०८२
तस्बिर : फाइल

काठमाडौं। नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबाट चार दिनपछि सरकार पछि हटेको छ । गत १९ भदौमा नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई सञ्चार मन्त्रालयले निर्देशन दिँदै दर्ता नभएका सामाजिक सञ्चार तुरुन्त बन्न गर्न पत्राचार गरेको थियो । 

सोमबार राति बसेको मन्त्रीपरिषद् बैठकले सामाजिक सञ्जाल बन्द गर्ने यसअघिको निर्णयबाट सरकार पछि हटेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार यही विषयलाई लिएर आन्दोलन सुरु भएपछि सरकारले तत्काल निर्णय सच्याएको हो । 

यसअघि ९ भदौमा मन्त्रीपरिषद्ले सामाजिक सञ्जाल कम्पनीलाई दर्ता हुन आव्हान गर्दै नेपालको कानुन मान्नुपर्ने बत्ताएको थियो  सोही निर्णयको आधारमा १२ भदौमा ७ दिनको अल्टिमेटम दिएर दर्ताका लागि सञ्चार मन्त्रालयले आव्हान गरेको थियो । तर, कुनै पनि कम्पनी दर्ता हुन नमानेपछि १९ भदौमा दर्ताविहीन १५ सामाजिक सञ्जाल र एक अाेटीटी प्लेटफर्म बन्द गरिएको थियो । 

साेमवार नव युवाकाे आन्दाेलनमा सरकारकाे निर्मम हस्तक्षेप हुँदा काठमाडाैंमा १७ र इटहरीमा २ युवाकाे ज्यान गएकाे छ । यही विषयलाइ लिएर गृहमन्त्री रमेश लेखकले पनि राजीनामा दिसकेका छन् भने प्रधानमन्त्री केपी अाेलीकाे राजीनामालाइ सर्त बनाएर नवयुवा र प्रतिपक्षी दलका नेताहरूले विज्ञप्ती जारी गरेका छन् । 

सत्तारूढ दल नेपाली कांग्रेसमा पनि सरकार छाड्नुपर्ने आवाज उठिरहेकाे छ । यद्दपी यस बारे भने उसले अहिलेसम्म केही निर्णय लिइसकेकाे छैन । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार