विराटनगरसहित मोरङका विभिन्न स्थानमा जेनजीको आक्रोश, पुष्पलालको शालिक तोडफोड

मंगलबार, २४ भदौ २०८२

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङका विभिन्न स्थानमा आज (मंगलबार) बिहानैदेखि जेनजी पुस्ताले आक्रोशपूर्ण आन्दोलन चर्काएका छन् । बिहान सबेरैदेखि सयौं आन्दोलनकारी सडकमा उत्रिएर टायर बाल्दै नाराबाजी गरेका छन् ।

विराटनगरको बसपार्क, देवकोटा चोक, पुष्पलाल चोकलगायतका स्थानमा टायर बालेर सडक अवरुद्ध गरिएको छ भने पथरीशनिश्चरे र रामचोक क्षेत्रमा पनि प्रदर्शन जारी रहेको प्रहरीले जनाएको छ । आन्दोलनकारीले उग्र रुपले प्रदर्शन चर्काएका हुन् ।

यही क्रममा विराटनगरस्थित पुष्पलाल चोकमा राखिएको नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठको शालिक तोडफोड गरिएको छ । शालिक भत्काइएपछि प्रदर्शन थप तनावपूर्ण बनेको छ ।

प्रदर्शनकै क्रममा बसपार्क नजिक सडकमा गुडिरहेको एउटा मोटरसाइकल नियन्त्रणमा लिएर आगजनी समेत गरिएको छ । प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरेको भए पनि आन्दोलनकारीको भिडका कारण स्थिति जटिल बनेको जनाएको छ ।

यसरी टायर जलाउने, शालिक भत्काउने र सवारी साधनमा आगजनीसम्म पुगेको आन्दोलनका कारण विराटनगर र मोरङका विभिन्न क्षेत्र बिहानैदेखि तनावग्रस्त बनेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार