देउवा, रमेश लेखक र आरजु राणाको घरमा आगजनी, एमाले केन्द्रीय कार्यालयमा तोडफोड

मंगलबार, २४ भदौ २०८२

काठमाडौं : जेनजीले सुरु गरेको आन्दोलन देशव्यापी बन्दै गएको छ। सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि युवाहरूको समूह मंगलबार दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी गरेको छ ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।

देउवाको घरबाट कालो धुवाँको मुस्लो उडेको छ ।

यस्तै युवाहरूको समूहले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन् ।

यता निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् ।

अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार