विराटनगर । कोशी प्रदेशसभालाई जेनजी समूहका आन्दोलनकारीले घेराउ गरेका छन् । विराटनगरमा जेनजी आन्दोलन चर्किएको छ ।
जेनजी पुस्ताको सक्रियतामा प्रदर्शनकारीहरु प्रदेशसभा भवन छिर्ने तयारीमा पुगेका छन् । प्रदेशसभाको पूर्व र पश्चिमतर्फ प्रहरीले राखेको ब्यारिकेट प्रदर्शनकारीले बल प्रयोग गर्दै भत्काएपछि केही समयमै त्यसलाई जलाइदिए । ब्यारिकेट जलाइएपछि दुवै पक्षबीच दोहोरो झडप सुरु भएको थियो ।
‘हामी अब प्रदेशसभा कब्जा गर्ने तयारीमा छौं । गेटनजिक पुगिसकेका छौं,’ आन्दोलनमा सहभागी एक युवाले भने, ‘प्रहरीले अवरोध गरिरहेको छ । तर, हामी त्यो छिचोलेर अघि बढ्दैछौं ।’ स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।
तर, अश्रुग्यास र लाठी प्रहारबीच पनि भिड अघि बढिरहेको देखिएको छ । झडपका क्रममा केही सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका छन् । प्रदेशसभा वरपरको अवस्था तनावपूर्ण बनेको छ ।
प्रतिक्रिया