संसद भवनभित्र छिरे प्रदर्शनकारी

मंगलबार, २४ भदौ २०८२

काठमाडौं । प्रदर्शनकारीहरू नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रवेश गरेका छन् । प्रहरीले रोक्ने प्रयास गरे पनि प्रदर्शनकारीहरी घेरा तोड्दै भित्र छिरेका हुन् ।

हिजोदेखि सुरु भएको प्रदर्शनका क्रममा अत्याधिक प्रहरी दमन भएपछि आज कर्फ्यूको उल्लंघन गर्दै विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् ।

उनीहरू सोमबार पनि संसद भवन प्रवेश गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार