विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा आगजनी गरिएको छ ।
जेनजी आन्दोलनकारीले मंगलबार दिउँसो कोशी प्रदेशसभा भवनमा आगजनीपछि मुख्यमन्त्री कार्यालयमा पनि आगजनी गरेका हुन् । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय मोरङमा पनि आगजनी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय नजिकै रहेको हुलाक निर्देशनालयमा पनि आगजनी गरेका छन् । आन्दोलनमा उत्रिएको समूहले सरकारी कार्यालय खोजीखोजी आगजनी गरिरहेका छन् ।
प्रतिक्रिया