काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेश गरेको प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन, केही प्रदर्शनकारीहरू सिंहदरबारको पश्चिमी गेटबाट भित्र पसेर आगो लगाएका छन्।
उनीहरू गेटभित्र रहेको बगैचामा पनि पुगेका थिए। सुरुवातमा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई बाहिर निकाल्न प्रयास गरे पनि ठूलो समूह भित्र पसेको थियो।
प्रतिक्रिया