काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश भित्रबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।
पूर्वराजा शाहको संवाद सचिवालय मंगलबार विज्ञप्ति जारी गरेर पछिल्लो पुस्ताको आन्दोलन हिंसात्मक, अराजक कसैको घुसपैठ नहोस् भन्दै ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुखद एवं निन्दनीय कार्य भएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ-
जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौं भन्ने उद्देश्य राखेर अगाडी बढेका होनहार किशोर किशोरी र युवा युवतीहरु यही भाद्र २३ गते काठमाडौं लगायत देशका धेरै जसो प्रमुख शहरहरुमा विरोध प्रर्दशन मार्फत पोखेको आक्रोश निश्चय पनि आम चासोको विषय हो ।
युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरि ज्यान लिनु र सयौंलाई घायल पार्नु अत्यन्त दुखद एवं निन्दनीय कार्य भएको छ । यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरित रहेको छ ।
घटनामा ज्यान गुमाएका ति होनहार आत्माप्रति पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव लगायत सम्पुर्ण राजपरिवारबाट हार्दिक श्रद्धाञ्जली बक्सदै तिनका अभिभावकजनमा समवेदना बक्सेको छ । समस्त घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिबक्सेको छ ।
पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस, अराजक नरहोस र यसमा कसैको धुसपैठ नहोस भन्ने धारणा राखि बक्सेको छ । हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देश भित्रवाट समस्याको समाधान निकालियोस भन्ने चाहना राखी बक्सेको छ ।
प्रतिक्रिया