काठमाडौं : जेनजी आन्दोलन उग्र बन्दै गएपछि आन्दोलनकारीहरूले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका सबै मन्त्रालयमा आगजनी गरेका छन्।
आन्दोलनकारीहरू सुरक्षा घेरो तोड्दै सिंहदरबारभित्र पसेर प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतका सबै मन्त्रालयमा आगजनी गरेका हुन्। आगलागीबाट सम्पूर्ण मन्त्रालय भवनहरू ध्वस्त भएका छन् भने धुवाको मुस्लो राजधानीभर देखिएको छ।
यसअघि संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, अदालत, प्रहरी कार्यालय, नेताहरूका घर तथा राजनीतिक दलका कार्यालयहरूमा समेत आगजनी भइसकेको छ। सिंहदरबारमा भएको आगजनीले देशको प्रमुख प्रशासनिक संरचना नै ध्वस्त भएको जनाइएको छ।
प्रतिक्रिया