सुनसरीको झुम्का कारागारबाट भागे सयौँ कैदीबन्दी

बुधबार, २५ भदौ २०८२

इटहरी : सुनसरीको झुम्का कारागारबाट मंगलबार राति बहुसंख्यक कैदीबन्दी भागेका छन्।

आफूलाई जेनजी प्रदर्शनकारी भन्दै पुगेको समूहले कारागारमा रहेका कैदीलाई नियन्त्रण बाहिर निकाल्न सफल भएको कारागार प्रशासनले जनाएको छ।

झुम्का कारागार प्रमुख सुवास लामिछानेका अनुसार ब्लक ए र बीमा गरी १०९८ कैदीबन्दी रहेका थिए, जसमा धेरै भागेका छन्। अत्यधिक बल प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएपछि सुरक्षाकर्मी पछि हट्न बाध्य भएका थिए।

कारागारमा नेपाली सेनाको टोली पुगेपछि केही कैदीभित्रै नियन्त्रणमा आएका छन्।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार इलाका प्रहरी कार्यालय पथरीका १९ र उर्लाबारीस्थित १४ जना कैदी पनि भागेका छन्।

प्रशासनले घटना नियन्त्रणमा लिन थप प्रयास गरिरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार