ताप्लेजुङ पहिरोमा दुई घर पुरिए, दुई जना बेपत्ता

बुधबार, २५ भदौ २०८२

ताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिका–६ च्यानडाँडामा आज बिहान पहिरो खस्दा दुईवटा घर पुरिएका छन्भने दुई जना बेपत्ता भएका छन् । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन शेर्पाकी श्रीमती बेपत्ता छन् । पहिरोबाट एक बालिकालाई सकुशल उद्धार गरिएको छ । एकलाई सामान्य चोट लागेको छ । निजको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार जारी छ । निरन्तरको वर्षाले पहिरो खसेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार