साँझ ६ बजेबाट त्रिभुवन विमानस्थल खुल्ने

बुधबार, २५ भदौ २०८२

 

काठमाडौं । बाक्लो धुवाँका कारण भन्दै बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेदेखि खुल्ने भएको छ । विमानस्थल कार्यालयले सूचना निकालेर साँझ ६ बजेदेखि विमानस्थल खुल्ने जानकारी दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यसअघि अपराह्न २ः३० बजे एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि भन्दै विमानस्थल बन्द गरेको थियो ।

आकाशमा बाक्लो कालो धुवाँ रहेको कारण उडान र अवतरण मै समस्या हुने भन्दै विमानस्थल कार्यालयले सबै उडान रद्द गराएको थियो । तर बिहान केही पानी परेको र बिस्तारै आकाश खुल्दै गएको भन्दै साँझ ६ बजेबाट विमानस्थल खुला गर्न लागिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार