पाँचथर सदरमुकाममा कर्फ्यु आदेश जारी

बुधबार, २५ भदौ २०८२
तस्बिर : फाइल

पाँचथर – पाँचथर सदरमुकाम फिदिममा प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालयमार्फत सूचना जारी गर्दै कर्फ्यु लागू हुने जानकारी दिएका हुन्।

सूचना अनुसार फिदिम नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ मा कर्फ्यु आदेश लागु गरिएको छ। पूर्वमा फेमेखोला, पश्चिममा जोरसाल, उत्तरमा गडीडाँडा र दक्षिणमा होक्मा खोलासम्मको क्षेत्रलाई कर्फ्यु क्षेत्र तोकिएको छ। आदेशअनुसार बुधबार दिउँसो ३ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ।

यस अवधिमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, भीडभाड नगर्न, सभा, प्रदर्शन र जुलुस नगर्न प्रशासनले सचेत गराएको छ। साथै, सञ्चारका साधन, एम्बुलेन्स र कूटनीतिक नियोगका सवारी साधनलाई भने सुरक्षाकर्मीमार्फत आवश्यक सहजीकरण हुने बताइएको छ।

कर्फ्यु आदेश जारी भएपछि सदरमुकाम फिदिममा उच्च सतर्कता अपनाइएको छ। सुरक्षाकर्मीलाई संवेदनशील ठाउँमा तैनाथ गरिएको छ भने जनतालाई शान्ति–सुरक्षामा सहयोग गर्न प्रशासनले आग्रह गरेको छ।

WhatsApp Image 2025-09-10 at 4.49.00 PM
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार