काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भवनहरूको भग्नावशेष सफा र पुनःस्थापना गर्न सबैलाई जुट्न आह्वान गरेका छन्।
शनिबार पार्टी मुख्यालय सानेपामा पुगेका थापाले एक भावुक भिडियो सन्देशमार्फत समाजलाई सहारा दिने बेला आएको उल्लेख गर्दै पुनःस्थापनाको अभियानमा सामेल हुन आग्रह गरे।
‘अहिले राजनीतिक बहसभन्दा पनि आत्तिएको समाजलाई सहारा दिँदै भग्नावशेष सफा र पुनःस्थापना गर्न जुटौँ,’ उनले भने।
थापाले आन्दोलनका क्रममा नष्ट भएका संरचनाहरू तत्काल पुनःनिर्माण नगरेसम्म जनजीवन सहज नहुने बताए। साथै उनले विपद्को घडीमा एकआपसमा सहकार्य गर्दै समाजलाई पुनःस्थापित गर्न सबै तहका सरोकारवालाहरूसँग अपिल गरेका छन्।
प्रतिक्रिया