विराटनगर : जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडले मोरङका विभिन्न सरकारी कार्यालय र सार्वजनिक संरचनामा ठूलो क्षति पुर्याएको छ। सेवाप्रवाह ठप्प भएपछि जिल्ला प्रशासन कार्यालयले पुनर्निर्माण र तत्कालीन सेवा सञ्चालनको तयारी थालेको छ।
सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आकस्मिक खरिद प्रक्रियामार्फत क्षतिग्रस्त संरचनाको पुनर्निर्माण अघि बढाउने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० इन्द्रदेव यादवका अनुसार आवश्यक सामग्री सूचीबद्ध गरी सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार खरिद कार्य सुरु गरिनेछ।
बैठकले आन्दोलनका कारण अवरुद्ध भएका आयोजना र कार्यक्रमलाई तत्काल निरन्तरता दिन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। साथै, क्षतिग्रस्त वारुण यन्त्र ९दमकल० तत्काल मर्मत गरी प्रयोगमा ल्याउने प्राथमिकता राखिएको छ।
प्रजिअ यादवका अनुसार क्षतिको प्रारम्भिक मुचुल्का तयार भइसकेको छ भने पूर्ण विवरण संकलनको काम भइरहेको छ। सो विवरण क्षति मूल्यांकन समितिमा पेश गरी थप प्रक्रिया अघि बढाइने जनाइएको छ।
प्रतिक्रिया