काठमाडौं : जेन–जी आन्दोलनको क्रममा कर्तव्य पालनाकै क्रममा वीरगति प्राप्त गरेका प्रहरी शहीद परिवारलाई नेपाल प्रहरीले आर्थिक सहयोग गर्ने भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट शुक्रबार जारी विज्ञप्ति अनुसार प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी मृतक प्रहरीका प्रत्येक परिवारलाई दश–दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "कर्तव्य पालनाकै क्रममा अमर प्रहरीहरूले देखाएको बलिदानको सम्मानस्वरूप नेपाल प्रहरी परिवार एकै स्वरमा उभिएको छ।"
विज्ञप्ति अनुसार सहयोग रकम प्रत्यक्ष सम्बन्धित परिवारलाई उपलब्ध गराइनेछ।
प्रतिक्रिया