काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की सोमबार नियमित आँखा जाँचका लागि तिलगङ्गा नेत्र अस्पताल पुगेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले बिहान अस्पताल पुगेर आँखा परीक्षण गराएकी हुन्।
अस्पतालका वरिष्ठ नेत्रविशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गरेका थिए। तिलगङ्गा अस्पताल व्यवस्थापनका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
तीन महिनाअघि प्रधानमन्त्री कार्कीको आँखा (मोतिबिन्दु) शल्यक्रिया गरिएको थियो। त्यसयता चिकित्सकको सिफारिसअनुसार उनी नियमित जाँचका लागि अस्पताल जाने गर्दै आएकी छन्। आजको जाँचलाई पनि त्यही नियमित प्रक्रियाको निरन्तरता भएको अस्पतालले स्पष्ट पारेको छ।
प्रतिक्रिया