काठमाडौं : सरकारका दुई मन्त्रीहरुले जेनजी आन्दोलनमा क्षतिग्रस्त मन्त्रीनिवास निरिक्षण गरेका छन् ।
बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा ध्वस्त ललितपुरको भैंसेपाटीस्थित मन्त्रीनिवासको निरिक्षण गरेका हुन् ।
जलेका र भत्किएका संरचनाहरु सबैले मिलेर बनाउनपर्ने उनीहरुको भनाई छ ।
उनीहरुले आज नै ध्वस्त संसद भवनको निरीक्षण गरेका थिए ।
प्रतिक्रिया