दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

शनिबार, ०४ असोज २०८२

काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आगामी विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ ।

समितिका सभापति प्राडा माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । समितिले टीका साइतका विषयमा विश्वभरबाट आएको जिज्ञासालाई ध्यानमा राख्दै यो साइत सार्वजनिक गरेको हो । 

शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ ।

नेपालमा टीका लगाउने उत्तम साइतः
काठमाडौंका लागि विजयादशमी टीकाको उत्तम साइत असोज १६ गते ( बिहान ११ः५३ बजे निर्धारण गरिएको छ ।

अन्य प्रमुख देशहरूमा टीकाको समय यस प्रकार छः
भारत (दिल्ली)ः ११ः४९ अक्टोबर २
अमेरिका (न्यूयोर्क)ः ११ः०५ अक्टोबर १
अमेरिका (क्यालिफोर्निया)ः ११ः२५ अक्टोबर १
क्यानाडा (टोरन्टो)ः ११ः५५ अक्टोबर १
अष्ट्रेलिया (सिड्नी)ः ११ः३१ अक्टोबर २
अष्ट्रेलिया (मेलबर्न)ः ११ः५३ अक्टोबर २
जापान (टोकियो)ः ११ः३१ अक्टोबर २
दक्षिण कोरिया (सियोल)ः १०ः५७ अक्टोबर २
युएई (अबुधावी)ः १०ः५५ अक्टोबर २
कतार (दोहा)ः १०ः१३  अक्टोबर २
मलेसिया (क्वालालम्पुर)ः ११ः११ अक्टोबर २
सिंगापुरः ११ः०९ अक्टोबर २
लन्डन (बेलायत)ः ०९ः१७  अक्टोबर २
पेरिस (फ्रान्स)ः ०९ः५७ अक्टोबर २
ओस्लो (नर्वे)ः १०ः०३  अक्टोबर २
लिस्बन (पोर्चुगल)ः ०९ः२३ अक्टोबर २
टेल अविभ (इजरायल)ः ११ः३५ अक्टोबर २
जिनेभा (स्विट्जरल्याण्ड)ः १०ः२५ अक्टोबर २
हङकङः ११ः४५ अक्टोबर २
साउदी अरेबियाः १०ः५५ अक्टोबर २
याङ्गुन (म्यानमार)ः १०ः२७ अक्टोबर २
माल्टाः १०ः५५ अक्टोबर २
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार