दशैंमा बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा ठूला भारवाहन बन्द

शनिबार, ०४ असोज २०८२
सांकेतिक फाईल

काठमाडौं : दशैं अवधिभर बुटवल–नारायणघाट सडकखण्डको दाउन्ने क्षेत्रमा १२ चक्के र सोभन्दा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ।

शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि यात्रुबाहक सवारीको चाप बढ्ने भएकाले ठूला भारवाहन रोक्ने निर्णय गरिएको हो। मन्त्रालयले यसबारेमा सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ।

ऊर्जा तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका भौतिकमन्त्री कुलमान घिसिङको सचिवालयका अनुसार, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधन भने रोक्का सूचीमा नपर्ने र तीलाई निरन्तर सञ्चालन हुने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार