काठमाडौँ : गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाली काँग्रेसका शीर्ष नेतासहित ३६ जना केन्द्रीय नेताको घर जलाइएका छन् ।
काँग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरणअनुसार सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू उमाकान्त चौधरी, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे तथा कोषाध्यक्ष उमेश श्रेष्ठका घरमा क्षति पुगेको छ ।
त्यस्तै, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा। शशाङ्क कोइरालासहित अन्य नेताका घर पनि आगजनीबाट ध्वस्त भएका छन् ।
यसैगरी पूर्वसहमहामन्त्री डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा। प्रकाशशरण महत, डा. शेखर कोइराला, सञ्जय गौतम, कृष्णचन्द्र नेपाली पोखरेल, शङ्कर भण्डारी, दीपक गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, रामजनम चौधरी, डा. गोपाल दहित, मदनकृष्ण श्रेष्ठ, अर्जुनप्रसाद जोशी, आनन्द ढुङ्गाना, राजेन्द्र केसी, विनोद चौधरी, गेहेन्द्र गिरी, राजीव ढुङ्गाना र अनिल रुङगटाको घरसमेत जलेको विवरणमा उल्लेख छ ।
पार्टीका बागमती प्रदेश सभापति तथा मुख्यमन्त्री इन्द्र बानिया र मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवको घरमा पनि आन्दोलनकारीहरूले आगजनी गरेका थिए ।
यसरी काँग्रेसका केन्द्रीय नेतृत्वदेखि प्रदेश स्तरका नेतासम्मको निजी सम्पत्ति ध्वस्त भएपछि पार्टीले यसलाई योजनाबद्ध आक्रमणको संज्ञा दिएको छ ।
प्रतिक्रिया