झापा : झापाको दमकमा मोटरसाइकल ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
दमक नगरपालिका–५ आम्दा रोडस्थित भित्री सडक खण्डमा आम्दाबाट क्याम्पस मोडतर्फ जाँदै गरेको मे १० प १५७१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको हो । दुर्घटनामा परेर दमक नगरपालिका–५ की ४२ वर्षीया देवी बि.क. गम्भीर घाइते भएकी थिइन् ।
उनीलाई तत्काल उपचारका लागि खरखरे आम्दा अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।
मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का २३ वर्षीय निराजन बिष्टलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
प्रतिक्रिया