अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, छ अर्ब बढीको बिगो माग

सोमबार, ०६ असोज २०८२

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८१÷८२ मा ३७ हजार २६ वटा उजुरी दर्ता भएका छन्।

आयोगले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३५औँ वार्षिक प्रतिवेदन बुझाउँदै उक्त तथ्य सार्वजनिक गरेको हो। दर्ता भएका उजुरीमध्ये १० हजार २४५ वटा (२७.६७ प्रतिशत) अनलाइनमार्फत प्राप्त भएका छन्।

सबैभन्दा बढी उजुरी बागमती प्रदेशमा ११ हजार २७७ (३०.४६ प्रतिशत) दर्ता भएका छन् भने सबैभन्दा कम गण्डकी प्रदेशमा २ हजार ४१३ (६.५२ प्रतिशत) उजुरी दर्ता भएका छन्।

आयोगले यस अवधिमा भ्रष्टाचारजन्य १३५ र सम्पत्ति शुद्धीकरणसम्बन्धी २ वटा गरी १३७ मुद्दा विशेष अदालतमा दायर गरेको छ। तीमध्ये ३७ वटा मुद्दा घुस–रिसवतसम्बन्धी रहेका छन्।

उक्त मुद्दामा ७५३ प्रतिवादीविरुद्ध करिब रु. ६ अर्ब १ करोड ८४ लाख बढीको बिगो माग दाबी गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार