काठमाडौं । सुन तस्करीका नाइके चुडामणि उप्रेती ‘गोरे’ कारागार फर्किएका छन् ।
भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट भागेका उनी आफैं कारागार फर्किएका हुन् । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा दोषी ठहर भई उनी जन्मकैद सजाय भोगिरहेका छन् ।
मोरङका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रूपमा प्रयोग भएका शाक्यको हत्या भएको पत्ता लगाएको थियो । र १९ असोज २०७८ मा गोरेसहित ६ जनालाई जन्म कैदको फैसला भएको थियो ।
प्रतिक्रिया