मोरङ प्रशासनमा बुधबारदेखि आंशिक सेवा सञ्चालन हुने

मंगलबार, ०७ असोज २०८२
File Photo

विराटनगर : जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडपछि अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मोरङले बुधबारदेखि आंशिक सेवा पुनः सञ्चालन गर्ने भएको छ।

उक्त घटनामा कार्यालय भवनसँगै सवारीसाधन, कम्प्युटर, प्रिन्टर, स्क्यानर, ल्यापटप, कुर्सी लगायतका सामग्री जलेर नष्ट भएका थिए। साथै, चोरी र लुटपाटका कारण अत्यावश्यक प्रशासनिक सेवा पनि पूर्ण रूपमा अवरुद्ध भएको थियो।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार हाल प्रारम्भमा नाबालक परिचयपत्र, जातीय सिफारिस, ठाडो उजुरी र पेन्सन सिफारिससम्बन्धी सेवा मात्र खुल्ने छन्। तर, नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्म बन्द रहने उनले जानकारी दिए।

उनका अनुसार क्षतिग्रस्त संरचना र उपकरण मर्मतसहित सबै अवरुद्ध सेवा छिट्टै सञ्चालनमा ल्याउन पहल भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार