सुन्दरहरैंचा नगरपालिकालाई पूर्व मेयर ढकालको सहयोग

मंगलबार, ०७ असोज २०८२

सुन्दरहरैंचा : सुन्दरहरैंचा नगरपालिकाका पूर्व मेयर शिवप्रसाद ढकालले नगरपालिका कार्यालयलाई कम्प्युटर लगायतका सामग्री सहयोग गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुँदा सबै कागजात र सामग्री नष्ट भएपछि पुनः सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले ढकालले सामग्री उपलब्ध गराएका हुन् ।

ढकाललगायत सहयोगीले ८ थान कम्प्युटर, ४ थान प्रिन्टर, १० थान टेबल र १० थान दराज हस्तान्तरण गरेका छन् । त्यस्तै, प्याब्सन मोरङले पनि थप ६ थान कम्प्युटर र ४ थान प्रिन्टर सहयोग गरेको छ ।

नगरपालिकाले सहयोगीहरूप्रति आभार व्यक्त गर्दै नगर सेवाको निरन्तरता दिन सामग्रीहरूले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार