अनावश्यक विदेश भ्रमणमा सरकारले लगायो रोक

बुधबार, ०८ असोज २०८२

काठमाडौँ । सरकारले अनावश्यक विदेश भ्रमणमा रोक लगाएको छ । खर्च घटाउने उद्देश्यले सरकारले मन्त्रिपरिषद् बैठकबाट अनावश्यक विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद् बैठकबाट सरकार, प्रदेश, स्थानीय तह, संस्थान, प्रतिष्ठान र निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको छ ।

बैठकले सरकारको प्रतिनिधित्व सम्बन्धित निकायबाट हुनसक्ने अवस्था भएमा सम्बन्धित नियोगलाई नै अख्तियारी दिइने पनि निर्णय गरेको छ । त्यस्तै, सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तराष्ट्रिय सभा सम्मेलनमा बढीमा १० जना र सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा ३ जना मात्र सदस्य रहने निर्णय भएको छ ।

त्यस्तै, सरकारले अत्यावश्यक बाहेकका तालिम, गोष्ठी र सेमिनार सञ्चालन गर्न पनि रोक लगाएको छ । यसबाहेक सरकारले गर्नैपर्ने अवस्थामा सरकारी हल र सम्भव भएसम्म अनलाइन कार्यक्रम गर्नुपर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार