मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता

बुधबार, ०८ असोज २०८२

जनकपुर । मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ ।

आज जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिनुका साथै मन्त्रिहरुलाई पनि फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिए ।

नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा अर्थ मन्त्री सुनिल यादव, उर्जा तथा सिचाई मन्त्री शेष नारायण यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार