काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थनलको आगमन भन्सार एरीयाबाट करिब ८३५ ग्राम सुनसहित भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी पक्राउ परेका छन् ।
ईण्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका उनलाई आगमन भन्सार एरीयामा चेकजाँच पश्चात उक्त स्थानमा खटिएको प्रहरीले शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगि भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको पदार्थ फेला परेको थियो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने जानकारी प्रहरीले दिएको छ ।
प्रतिक्रिया